निर्णय तय गर्न कांग्रेस नेताहरु छलफलमा
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल शुरु भएको छ। मंगलबार बसेको पदाधिकारी बैठकले मस्यौदा तयार गर्न महामन्त्री र केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएको थियो।
काठमाडौं, साउन १० : नेपाली कांग्रेसका नेताहरु केन्द्रीय समितिको निर्णय तय गर्न छलफलमा जुटेका छन्।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल शुरु भएको छ। मंगलबार बसेको पदाधिकारी बैठकले मस्यौदा तयार गर्न महामन्त्री र केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएको थियो।
छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरु रमेश लेखक, मीन विश्वकर्मा लगायत छन्। नेताहरुले केन्द्रीय समितिको निर्णयको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेको छ।
त्यसपछि अपरान्ह ४ बजे केन्द्रीय समिति बैठकले पारित गर्ने कार्यक्रम छ। काँग्रेस केन्द्रीय समितिको वैठक साउन २ देखि शुरु भएको थियो। बैठक बुधबार सकिँदैछ।
प्रकाशित मिति: १४:४२ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार