Kathmandu Press

चलचित्र ‘महानगर’ : युवाको सपना र यथार्थ

एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथा रहेको चलचित्रमा अभिनेता कर्मा र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा छन्।
चलचित्र ‘महानगर’ : युवाको सपना र यथार्थ

काठमाडाैं, साउन १० : विभिन्न महोत्सवमा सहभागी भएर विजेतासमेत बनेको चलचित्र  ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) सार्वजनिक प्रदर्शन हुने भएको छ। महोत्सवपश्चात् यसलाई आगामी भदौ ८ मा नेपाल प्रदर्शन गरिने लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए।

'सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई अभिव्यक्त गर्ने प्रयास गरेका छौँ। बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ। मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो,' निर्देशक राईले भने।

Hardik ivf

एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथा रहेको चलचित्रमा अभिनेता कर्मा र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा छन्। चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारले समेत अभिनय गरेका छन्।

कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यो चलचित्र नेपाल प्रदर्शन अगाडि नै अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डिसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना, नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ९निफ०मा सहभागी भईसकेको छ। 

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्