Kathmandu Press

६ महिनामा चार हजार बढीलाई डेंगु संक्रमण

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार गत पुस यता संक्रमितको संख्या चार हजार दुई सय ८९ पुगेको हो।
६ महिनामा चार हजार बढीलाई डेंगु संक्रमण

काठमाडौं, साउन १० : विगत ६ महिनामा नेपालमा डेंगी संक्रमितको संख्या चार हजार भन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार गत पुस यता संक्रमितको संख्या चार हजार दुई सय ८९ पुगेको हो।

यसबीचमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ। महाशाखाका अनुसार ६९ जिल्लामा डेंगी देखिएको छ। जसमध्ये सबैभन्दा बढी सुनसरीमा फैलिएको छ।

उक्त जिल्लामा दुई हजार सात सय ५४ जना संक्रमित भएका छन्। धादिङ, दार्चुला र कास्कीमा पनि संक्रमितको संख्या एक सयभन्दा बढी छ।

पुस यता काठमाडौं उपत्यकामाएक सय ४४ जना संक्रमित भएका छन्। डेंगुको अवस्था भयावह हुन नदिन महाशाखाले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना तयार पारेको जनाएको छ।

 

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्