Kathmandu Press

बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, निषेधित क्षेत्रमा ताेड्न खाेज्दा प्रहरीसँग घम्साघम्सी

प्रदर्शनकारीहरू संसद्‍ भवन अगाडि गएर धर्ना गर्ने भन्दै त्यसतर्फ जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारबीच घम्साघम्सी भएको छ।
बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, निषेधित क्षेत्रमा ताेड्न खाेज्दा प्रहरीसँग घम्साघम्सी

काठमाडौं, साउन १० : लघुवित्त पीडितहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। महिनौँदेखि आन्दोलनरत पीडितहरु न्याय माग्दै आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन्।

त्यसक्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरी र प्रदर्शनकारबीच घम्साघम्सी भएको छ। प्रदर्शनकारीहरू संसद्‍ भवन अगाडि गएर धर्ना गर्ने भन्दै त्यसतर्फ जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो।

बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद्‍ भवन घेराउ गर्ने र आफ्ना समस्या सुनाउने भन्दै त्यसतर्फ अगाडि बढिरहेका थिए ।७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन्।

laghu1690355151.jpg

संसद भवन अगाडि धर्ना गर्ने भन्दै अगाडि बढेका प्रदर्शनकारीलाई प्रहरीले नयाँ बानेश्वरमै रोकेपछि उनीहरुले त्यही प्रदर्शन गरिरहेका छन्।

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्।

la1690355117.jpg

 

प्रकाशित मिति: १२:४६ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्