माओवादीको पदाधिकारी बैठक अपराह्न ४ बजे फेरि बस्ने
बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डाका विषयमा छलफल भएको बताइएको छ। पदाधिकारीहरूले एजेन्डाका विषयमा आफ्नो धारणा राखेका थिए।
काठमाडौं, साउन १० : बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थागित भएको छ। बैठक आजै अपरान्ह ४ बजे बस्ने गरी स्थगित भएको हो।
बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डाका विषयमा छलफल भएको बताइएको छ। पदाधिकारीहरूले एजेन्डाका विषयमा आफ्नो धारणा राखेका थिए।
अध्यक्ष पुष्पकमल दाहालको अनुपस्थितिमा बैठक कार्यबहाक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षमा बसेको थियो ।
पदाधिकारीमध्ये दुई उपाध्यक्ष र महासचिवले बोल्न बाँकी रहेकाले अपराह्न ४ बजेका लागि फेरि बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डाबाहेक अन्य विषयमा छलफल नभएको बताइएको छ।
प्रकाशित मिति: १२:२२ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार