राप्रपाले भन्यो– सुन प्रकरणमा गृहमन्त्रीले राजीनामा होइन, संसदमा जवाफ दिनुपर्छ
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजनीनामा नभएर सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ।
काठमाडौं, साउन १० : १० दिनपछि आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा अहिले चर्चामा रहेको सुन प्रकरणको विषय उठाउने तयारी प्रतिपक्षी दलहरुले गरेका छन्।
त्यसमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सदनमै गृहमन्त्री नारयाणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ।
एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै तयारी गरिरहँदा अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजनीनामा नभएर सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ।
‘राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्छ । हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं। गृहमन्त्रीको जवाफ माग्छौ,’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने।
प्रकाशित मिति: ११:३८ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











