Kathmandu Press

सुन प्रकरणमा रास्वपा एमालेको पछि नलाग्ने

एमालेले सदनमा जुन पनि विषय उठाउन सक्ने भन्दै रास्वपा एमालेको पछि नलाग्ने प्रमुख सचेतक सन्तोष परियारले बताए ।
सुन प्रकरणमा रास्वपा एमालेको पछि नलाग्ने

काठमाडौं, साउन १० : अवैध सुन प्रकरणमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख प्रतिपक्षी दल एमालेको पछि नलाग्ने भएको छ ।

सुन प्रकरणमा एमालेले संसदमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ। तर, रास्वपाले अनुसन्धान जारी रहेका त्यस विषयमा संसदमा नबोल्ने जनाएको छ।

एमालेले सदनमा जुन पनि विषय उठाउन सक्ने भन्दै रास्वपा एमालेको पछि नलाग्ने प्रमुख सचेतक सन्तोष परियारले बताए ।

संसदमा उठाउनुपर्ने विषय र खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न रास्वपाको संसदीय दलको बैठक बस्दैछ।

प्रकाशित मिति: ११:३१ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्