सुन प्रकरणमा रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक सुरु हुनुभन्दा पहिले नै त्यहाँ कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो।
काठमाडौं, साउन १० : सुन प्रकरणको विषय आफ्ना धाराणा बनाउने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक सुरु हुनुभन्दा पहिले नै त्यहाँ कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो। बैकठ बुधबार दिउँसो १२ बजे संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
आजको संसद बैठकमा सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी गरिरहेको छ।
तस्करी गरेर ल्याएको झण्डै एक क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट छुटाउने क्रममा राजश्व अनुसन्धान विभागले पक्राउ गरेपछि एमालेले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ।
प्रकाशित मिति: ११:०१ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











