Kathmandu Press

सुन काण्डमा एमालेले गृह र अर्थमन्त्रीको राजीनामा माग्ने

अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएकाले आज बस्ने संसद बैठकमा एमालेले उनीहरुको राजीनामा माग्ने भएको हो।
सुन काण्डमा एमालेले गृह र अर्थमन्त्रीको राजीनामा माग्ने

काठमाडौं, साउन १० : तस्करीको १ सय किलो सुन विमानस्थलबाट बाहिरिएको घटनामा प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ।

अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएकाले आज बस्ने संसद बैठकमा एमालेले उनीहरुको राजीनामा माग्ने भएको हो। एमालेले सुन काण्डको नैतिक जिम्मेवारी गृह र अर्थमन्त्रीले लिनुपर्ने एमालेले जनाएको छ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।

प्रकाशित मिति: १०:५५ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्