कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने
बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ । सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।
काठमाडौं, साउन १० : कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सोमबारसम्म बसेको थियो । सोमबारबाट स्थगित बैठक आज पुनः बस्न लागेको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ । सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।
प्रकाशित मिति: ०७:३३ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार