Kathmandu Press

निलम्बित डिएसपी केसी बर्खास्त

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले डिएसपी केसीलाई सोमबार बर्खास्त गरेको हो।
निलम्बित डिएसपी केसी बर्खास्त

काठमाडौं, साउन ९ : सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोपमा निलम्बनमा रहेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले डिएसपी केसीलाई सोमबार बर्खास्त गरेको हो। उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

 

प्रकाशित मिति: २०:३२ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्