Kathmandu Press

प्रभु साहलाई गिरफ्तार गर्न माग गर्दै रौतहटमा सत्तारुढ गठबन्धन दलको प्रदर्शन

साहलाई कारबाहीबो माग गर्दै कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र लसपाले रौतहटमा संयुक्तमा रुमपा जुलुस निलेका हुन्।
प्रभु साहलाई गिरफ्तार गर्न माग गर्दै रौतहटमा सत्तारुढ गठबन्धन दलको प्रदर्शन

रौतहट, साउन ९ : प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री प्रभु साहलाई गिरफ्तार गर्न माग गर्दै रौतहटमा सत्तारुढ गठबन्धनका दलहरुले प्रदर्शन गरेका छन्।

साहलाई कारबाहीबो माग गर्दै कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र लसपाले रौतहटमा संयुक्तमा रुमपा जुलुस निलेका हुन्।

गौर हत्याकाण्डको मुख्य दोषी र कुस्ती खेलाडी उपेन्द्रदास बैरागी, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारीलगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको गठबन्धन दलको मोर्चाले उनलाई तत्काल गिरफ्तार गर्न माग गरेको हो।

साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्