‘चुनावपछि गठबन्धन गर्ने गरी एक्लै चुनाव लड्ने आँट गर्नुपर्छ’
‘यही निर्वाचन प्रणालीबाट गठबन्धनमा त जानै पर्दछ । चुनाव अघि गठबन्धन होइन, चुनाव पछि गठबन्धन गर्ने गरि एक्लै चुनाव लड्न सक्छौं भन्ने आँट अहिले देखि गरौं,’ उनले भने।
काठमाडौं, साउन ९ : नेपाली कांग्रसेका नेता डा. शेखर कोइरालाले चुनाव गठबन्धन गर्न नहुने बताएका छन्। उनले कांग्रेसले चुनावपछि गठबन्धन गर्ने गरी एक्लै चुनाव लड्ने आँट गर्नुपर्ने बताए।
विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा उनले अहिलेकै निर्वाचन प्रणलीबाट कुनै एक दलको बहुमत नआउने हुँदा सरकार निर्माणमा गठबन्धन आवश्यक भएको बताए।
‘यही निर्वाचन प्रणालीबाट गठबन्धनमा त जानै पर्दछ । चुनाव अघि गठबन्धन होइन, चुनाव पछि गठबन्धन गर्ने गरि एक्लै चुनाव लड्न सक्छौं भन्ने आँट अहिले देखि गरौं,’ उनले भने।
डा. कोइरालाले वर्तमान निर्वाचन प्रणालीबाट एक दलले बहुमत ल्याउन नसक्ने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए । उनले
प्रत्यक्षमा समानुपातिक र समावेशी उम्मेदवार छनोट गरेर प्रत्यक्ष निर्वाचनबाट समानुपातिक चरित्रको निवार्चन गर्न सकिने बताए।
अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्न कांग्रेस अग्रसर भएर अरु दललाई विश्वासमा लिनुपर्ने उनले बताए ।
यस्तै, उनले केन्द्रीय कार्य समितिको बैठक आराप प्रत्यारोपमात्र भएको बताए । साथै उनले बैठक लाइभ गर्दा आफूले असजिलो महसुस भएको बताए।











