नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने
‘पार्टी केन्द्रको निर्णय र सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको सरकारमा सहभागी नहुने जानकारी गराउँदछौं,’ मुख्यमन्त्रीलाई लेखिएकाे पत्रमा भनिएको छ।
काठमाडौं, साउन ९ : नागरिक उन्मूक्ति पाटीए सुदूरपश्चिम सरकारमा सहभागी नुहने भएको छ। सहमतिअनुसार मन्त्रालय नपाएको भन्दै नागरिक उन्मुक्तिले सरकारमा सहभागी नहुने निर्णय गरेको हो।
पार्टी अध्यक्ष रञ्जिता चौधरीले मुख्यमत्रीलाई पत्र लेख्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने जनाएकी छिन्। गठबन्धन बैठकमा नागकिर उन्मुक्तिले १ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको थियो।
नागिरक उमुिक्तिलाई सरकारमा सहभागी गराउँदै आजै सरकारलाई पूर्णता दिने तयारी मुख्यमन्त्री कमल शाहको थियो।
‘पार्टी केन्द्रको निर्णय र सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको सरकारमा सहभागी नहुने जानकारी गराउँदछौं,’ मुख्यमन्त्रीलाई लेखिएकाे पत्रमा भनिएको छ।

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार