Kathmandu Press

नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

काठमाडौं, फागुन ७ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगितामा नेपालले मलेसियालाई एकसय २७ रनको लक्ष्य दिएको छ ।

ट....

नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

काठमाडौं, फागुन ७ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगितामा नेपालले मलेसियालाई एकसय २७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएर १२६ रन बनाएको हो । नेपालका लागि सीता रानामगरले ४२, रुविना क्षेत्रले ३३ र काजल श्रेष्ठले १६ रन बनाइन् ।

मलेसियाका लागि साशा अज्मी र जुमिका अज्मीले एकएक विकेट लिए ।

एकसय २७ रनको लक्ष्य पछ्याइरहेको मलेसियाको १० रनमै दुई विकेट गएको छ । कविता कुँवरले नेपाललाई पहिलो सफलता दिलाएकी छन् । त्यस्तै, रोमा थापाले तेस्रो ओभरमा विनिफ्रेड डुरैसिगमलाई रन आउट गरेकी छन् ।

खेल जारी रहेको छ ।

प्रकाशित मिति: १०:४९ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्