Kathmandu Press

१५औं महाधिवेनमा शेखर कोइराला कांग्रेस सभापति बन्ने उपभापति गुरुङको दाबी

रुपान्तरणको मुद्दा नसकिएको भन्दै सभापतिको लागि अघि बढ्न आफुले आग्रह गरेको समेत गुरुङले बताए।
१५औं महाधिवेनमा शेखर कोइराला कांग्रेस सभापति बन्ने उपभापति गुरुङको दाबी

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले १५ औं महाधिवेशनमा कांग्रेस नेता डा.शेखर कोइराला सभापति बन्ने दाबी गरेका छन्।

रुपान्तरणको मुद्दा नसकिएको भन्दै सभापतिको लागि अघि बढ्न आफुले आग्रह गरेको समेत गुरुङले बताए। ४१औं विपी स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो भनाई राखेका हुन्।

‘डा.शेखर कोइराला अघि बढ्नुहोस् । मेरो पनि आकांक्षा होला उपसभापतिमा तर, रूपान्तरण मुद्दा सकिएको छैन, तपाईं अघि बढ्नुहोस् भनेको छ । प्रश्ट भन्छ, खरो ढंगबाट पार्टीको रूपान्तरण अभियानमा १५ औं महाधिवेशनमा सभापति बन्ने हो,’ उपसभापति गुरुङले भने ।

कांग्रेसलाई बहुमतको पार्टी बनाउन मुलुक र जनताको लागि डेलिभरी दिन आवश्यक रहेको पनि गुरुङले बता । उनले मुलुकको रूपान्तरण अघि पार्टीको रूपान्तरण हुने र शुरुमा आफैँ रूपान्तरण हुनुपर्ने भनाई पनि राखे।

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्