काठमाडौं मेडिकल कलेजका विद्यार्थी धर्नामा
सरकारले तोकेभन्दा बढी फी लिएको भन्दै विरोधस्वरुप विद्यार्थीले धर्ना सुरु गरेका हुन्।
काठमाडौं, साउन ९ : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थीले धर्ना शुरु गरेका छन्। सरकारले तोकेभन्दा बढी फी लिएको भन्दै विरोधस्वरुप विद्यार्थीले धर्ना सुरु गरेका हुन्।
कलेजले नियमविपरीत ‘इन्टर्नसिप फी’ लिएको विद्यार्थीको आरोप छ। विद्यार्थीहरु अस्पतालमै धर्ना बसेका हुन्।
नियम विपरित बढी लिएको फी नघटाएसम्म धर्ना कजारी रहने विद्यार्थीले बताएका छन्।
प्रकाशित मिति: १५:३९ बजे, मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











