विमानस्थाल भन्सार प्रमुखबाट अरुण पोखरेल हटाइए, टोकराज पाण्डेलाई जिम्मेवारी
यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हाे।
काठमाडौं, साउन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेललाई हटाइएको छ। विमानस्थलबाट १ क्विन्टर तस्करीको सुन पास भएको घटनापछि अर्थमन्त्रालयलाई पोरेललाई प्रमुखको जिम्मेवारीबाट हटाएको हो।
पोखरेललाई हराउँदै अर्थमन्त्रालले भन्सार विभाग प्रमुखमा मन्त्रालयका टोकराज पाण्डेलाई नियुक्त गरेको छ। पाण्डे निजामती राष्ट्रिय किताबखानाको महानिर्देशकबाट बिहीबार मात्रै अर्थमन्त्राल आएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा बसेका थिए। पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
गत पुस १० मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए।
प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











