Kathmandu Press

प्रधानमन्त्री दाहाल र विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशकबीच भेट

भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल र विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशकबीच भेट

काठमाडौं, साउन ९ : इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ।

राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण निकाय हो। सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ।

प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्