Kathmandu Press

प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट

आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको बताइएको छ। नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन्।
प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट

काठमाडौं, साउन ९ : इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन्।

भेटवार्तामा उनीहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको बताइएको छ। नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन्।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ। नेपाल आइएफएडीको सदस्य मुलुक हो। सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो।

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्