Kathmandu Press

अपरान्ह ४ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै

पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठकमा उठेका विषयवस्तु र सम्भावित निर्णयबारे छलफल हुने जनाइएको छ।
अपरान्ह ४ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपराह्न ४ बजे पदाधिकारी बैठक बोलाएका छन्। बैठक नीजि निवास धुम्बाराहीमा डाकिएको छ।
 
पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठकमा उठेका विषयवस्तु र सम्भावित निर्णयबारे छलफल हुने जनाइएको छ।

गत २ साउनदेखि सानेपामा जारी केन्द्रीय समितिको बैठक बुधवार अपराह्न ४ बजे बस्दैछ। त्यहाँ पार्टी सभापति देउवाले जवाफ दिनेछन्।

बुधवार हुने निर्णयका विषयमा पदाधिकारीविच छलफल केन्द्रीत हुने जनाइएको छ।  

प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्