‘भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास भइरहेको छ’
जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइरहेकाले त्यसलाई सफल बनाएर समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध भएको उनले बताए।
काठमाडौं, साउन ९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्ने प्रयास भइरहेको बताएका छन्।
गोरखा उपप्रधानमन्त्री श्रेष्ठले पुगेका भ्रटाचारीहरु भ्रष्टाचारीहरु जुन सुकै पार्टीभित्र हुन सक्ने भएको सरकारको त्यो अभियानलाई रोक्ने प्रयास भइरहेको बताउँदै त्यो स्वभाविक भएको उल्लेख गरे।
उनले वर्तमान सरकारले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने बताए।
सत्ता गठबन्धनकै केही नेताहरुले आफ्नो राजीनामा मागेको विषयलाई आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए। जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइरहेकाले त्यसलाई सफल बनाएर समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध भएको उनले बताए।
उपप्रधानमन्त्री श्रेष्ठले सुन प्रकरणको अनुसन्धान नरोकिएको बताउँदै अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।











