कांग्रेस नेता शशांकले गरे चियापान कार्यक्रम
काग्रेसका नेता–कार्यकर्ताबीच सद्भावपूर्ण चियापान बताइएको उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतका सहभागी थिए।
काठमाडौं, साउन ९ : कांग्रेस नेता शशांक कोइरालाले मंगलवार बिहान चियापान कार्यक्रम आयोजना गरेको छन्।
पार्टीको केन्द्रीय समिति बैठक चालु रहेका बेला नेता कोइरालाले चियापान कार्यक्रम गरेका हुन्। लैनचौर बैंकेटमा चियापान कार्यक्रम आयोजना गरिएको थियो।
काग्रेसका नेता–कार्यकर्ताबीच सद्भावपूर्ण चियापान बताइएको उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, महेश आचार्य, परराष्ट्रमन्त्री एनपी साउद, दिलेन्द्र वडु, मिनेन्द्र रिजाल, विनोद चौधरीलगायत सहभागी थिए।
प्रकाशित मिति: १२:४० बजे, मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











