Kathmandu Press

कोशी प्रदेश सरकार विवादमा सुनुवाई गर्न पूर्ण इजलास गठन

मुद्दाको सुनुवाइका लागि न्याधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ संलग्न पूर्ण इजलास गठन भएको हो।
कोशी प्रदेश सरकार विवादमा सुनुवाई गर्न पूर्ण इजलास गठन

काठमाडौं, साउन ९ : कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादमा सुनुवाईका लागि सर्वोच्च अदालतको पूर्ण इजलास गठन गरेको छ । रिटमा सुनुवाईका लागि सुनावइका लागि मंगलवार पेसी समेत तय भएको छ।

उक्त मुद्दाको सुनुवाइका लागि न्याधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ संलग्न पूर्ण इजलास गठन भएको हो।

सभामुख बाबुराम गौतमको समेत मत लिएर उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएका थिए। जटिल संवैधानिक र कानुनी प्रश्न समावेश भएको भन्दै सुनुवाईका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि सभामुखको समेत हस्ताक्षर लिएर कोशीमा प्रदेशमा नयाँ सरकार गठन भएको थियो।

गत २१ असारमा कांग्रेस संसदीय दलका नेता थापाले सभामुख गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। थापालाई मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दर्ता गरेकोे रिट निवेदनमाथि पक्ष विपक्षका कानुनव्यवसायीको छलफलपछि विवाद पूर्ण इजलासमा पठाउन आदेश भएको हो।

साउन २० मा अवकाश हुने प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेका कारण संवैधानिक इजलासमा पठाउन कठिनाई उत्पन्न भएको हो। अब यो रिट पूर्ण इजलासबाटै निरुपण हुने भएको छ।

 

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्