Kathmandu Press

सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि गगनका १३ प्रस्ताव

‘सुशासन र भ्रष्टाचारलगायत विषयमा १३ बुँदे प्रस्ताव ल्याएको छु । लिखित मतको रूपमा पार्टीको दस्तावेजमा राख्नका लागि यो ल्याएको हुँ । बैठकको मुड हेर्‍यौं, बुझ्यौं त्यसैले मेरो मत दर्ज गराउँछु । मेरो मतका रूपमा पार्टीमा दर्ज गराउँछु।’
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि गगनका १३ प्रस्ताव

काठमाडौं, साउन ८ : कांग्रेस महामन्त्री गगन थापाले सुशान र भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे प्रस्ताव ल्याएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै सोमबार महामन्त्री थापाले सुशान र भ्रष्टाचार नियन्त्रणका लागि लिखित रुपमा प्रस्ताव दर्ता गराएको जानकारी दिए।

उनले भ्रष्टाचारमा संलग्न भएकाले कसैले छुट पाउन नहुने बताए। उनले फौजदारी अभियोग लागेको अवस्थामा पार्टीले नेताहरूलाई निलम्बन गर्नुपर्ने बताएका छन् । संसद्को नियमावलीले ३ वर्षभन्दा बढीको सजाय हुने मुद्दामा निलम्बन हुने व्यवस्था स्मरण गराउँदै उनले त्यो पार्टीमा पनि पालना गराउनुपर्ने बताए । भोलि आफूलाई परे पनि त्यो कुराको कार्यान्वयन गर्नुपर्ने बताए ।

‘सुशासन र भ्रष्टाचारलगायत विषयमा १३ बुँदे प्रस्ताव ल्याएको छु । लिखित मतको रूपमा पार्टीको दस्तावेजमा राख्नका लागि यो ल्याएको हुँ,’ उनले भने, ‘बैठकको मुड हेर्‍यौं, बुझ्यौं त्यसैले मेरो मत दर्ज गराउँछु । मेरो मतका रूपमा पार्टीमा दर्ज गराउछु।’

भ्रष्टाचारका सन्दर्भमा सरकारले चालेका कदममा कांग्रेसले साथ दिनुपर्ने थापाको भनाइ थियो। ‘भ्रष्टाचारको जात, लिंग र परिवार हुँदैन । केही कारणले कसैले छुट पनि पाउनुहुन्न । कसैले भारी पनि बोकाउनुहुन्न,’ उनले भने, ‘कोही व्यक्तिलाई अनावश्यक लान्छना लगाउने कुरा बन्द हुनुपर्छ। कांग्रेसले सरकारले अगाडि बढाएका कुरामा साथ दिनुपर्छ।’

उनले कांग्रेस भएका कारणले कसैले छुट पाउन नहुने र कांग्रेस भएकै कारणले भारी पनि बोक्नु नहुने बताए।

यस्तो छ सुशान र भ्रष्टाचार नियन्त्रणकाे १३ बुँदे प्रस्ताव

प्रकाशित मिति: २०:११ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्