Kathmandu Press

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट

काठमाडौं, साउन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो।

सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री दाहाल यही इटाली गएका हुन्। प्रधानमन्त्रीको टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाललगायत पनि छन्।

प्रकाशित मिति: २०:०५ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्