Kathmandu Press

पछिल्लो पाँच वर्षमा विद्यालय खाजा कार्यक्रममा चार गुणा बजेट बढाएका छाैं : प्रधानमन्त्री

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउदै लगिएको जानकारी दिएका हुन्।
पछिल्लो पाँच वर्षमा विद्यालय खाजा कार्यक्रममा चार गुणा बजेट बढाएका छाैं : प्रधानमन्त्री

काठमाडाैं, साउन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट बढाएको बताएका छन्।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउँदै लगिएको जानकारी दिएका हुन्।

उनले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तर रुपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राखे। उनले खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी पनि गराए। 

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ गएका थिए। 

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्