कोशी सरकार विवादको रिटलाई पूर्ण इजलासमा पठाउन आदेश
सर्वोच्चका न्यायाधीश सुष्मलता माथेमा र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले तीन वा तीन भन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाई हुने गरी पठाएको हो।
काठमाडौं, ८ साउन : कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादलाई सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाइएको छ।
सर्वोच्चका न्यायाधीश सुष्मलता माथेमा र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले तीन वा तीन भन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाई हुने गरी पठाएको हो।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दर्ता गरेकोे रिट निवेदनमाथि पक्ष विपक्षका कानुनव्यवसायीको छलफलपछि विवाद पूर्ण इजलासमा पठाउन आदेश भएको हो।
रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायीले भने उक्त विवाद संवैधानिक इजलासमा पठाउनुपर्ने माग गरेका थिए।
२० साउनमा अवकाश हुने प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेका कारण संवैधानिक इजलासमा पठाउन कठिनाई उत्पन्न भएको हो।
अब यो रिट पूर्ण इजलासबाटै निरुपण हुने भएको छ।
प्रकाशित मिति: १५:५५ बजे, सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











