Kathmandu Press

एमालेले भदाै र असाेजमा प्रदेशहरुको अधिवेशन गर्ने

एमालेले भदाै र असाेजमा प्रदेशहरुको अधिवेशन गर्ने

काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकीबाहेकका प्रदेशहरुको अधिवेशन मिति तय गरेको छ ।

‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी रहेको अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

मिति ितोक्नेमध्ये तीन प्रदेशले भदौमा र तीन प्रदेशले असोजमा अधिवेशन गर्ने भएका छन्। लुम्बिनी प्रदेशले भदौ १६ र १७, सुदूरपश्चिमले भदौ २२ र २३ र कर्णालीले भदौ २९ र ३० गतेका लागि अधिवेशन मिति तोकेका छन्। त्यस्तै मधेस प्रदेशले असोज ५ र ६, बागमती प्रदेशले असोज ८ र ९ र  कोशी प्रदेशले असोज १२ र १३ गते अधिवेशन गर्ने भएका छन्।

अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुने, ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई प्रतिनिधि ल्याउने तयारी गरिएको बताइएको छ।

एमालेले आउने एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेअनुसार, सबैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारी भइरहेको पार्टी कार्यालयको भनाइ छ। प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ।

प्रकाशित मिति: १५:३० बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्