Kathmandu Press

ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको जनाएको छ।
ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ 

काठमाडौं, साउन ८ : ललिता निवास प्रकरणमा सिआइवीले थप दुईजनालाई पक्राउ गरेको छ। 

नक्कली मोही रहेको देखिएपछि सकुलनन्द महर्जन र सञ्जय महर्जनलाई पक्राउ गरिएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको जनाएको छ।

बालुवाटारस्थित ललिता निवास जग्गा किर्ते र अनियमितता प्रकरणमा यी दुईजनासहित १९ जना सिआइबीको हिरासतमा रहेका छन्।
 

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्