Kathmandu Press

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गरे औषधि पसलमा अनुगमन

काठमाडौंमा रहेका केही औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्केका थिए।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गरे औषधि पसलमा अनुगमन

काठमाडौं, साउन ८ : स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधि पसलमा अनुगमन गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यका लगाएत देशभरका औषधि पसलमा एकसाथ अनुगमन गरेको हो। काठमाडौंमा रहेका केही औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्केका थिए।

सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधीहरु राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरु पनि राखिएको भेटिएको छ।

नमूना प्रति औषधी र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधि पसललाई कारबाहीसमेत गरिएको छ। मन्त्री बस्नेतले औषधि पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउन सरकारले अनुगमन गरेको जानकारी दिए।

उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए।

प्रकाशित मिति: १४:३० बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्