Kathmandu Press

कृषिमन्त्री भुसालको राजीनामाकाे माग राखेर प्रदर्शनमा उत्रिए किसान

कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर आज ९ वटा किसान संघसंगठनसँग आबद्ध राष्ट्रिय किसान सञ्जालले कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेको हो।
कृषिमन्त्री भुसालको राजीनामाकाे माग राखेर प्रदर्शनमा उत्रिए किसान

काठमाडौं, साउन ८ : कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालको राजीनामाको माग राखेर किसानहरु प्रदर्शनमा उत्रिएका छन्।

कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर आज ९ वटा किसान संघसंगठनसँग आबद्ध राष्ट्रिय किसान सञ्जालले कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेको हो।

उनीहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै कालिमाटी तरकारी बजारको भाडा सम्झौता खारेज गर्न माग गरेका छन्। उनी बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न पनि माग गरेका छन्।

उनीहरुले तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, बिना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायत मागअघि सारेका छन्।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्