अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान
अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
काठमाडाैं, साउन ७ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन्।
अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ(आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्नेछन्।
बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिंगापुर र मलेसिया जाने कार्यक्रम छ। पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
प्रकाशित मिति: १२:११ बजे, सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











