Kathmandu Press

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने

नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन तयारी गरेको छ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने

कैलाली, साउन ८ : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ।

एक मन्त्री र राज्यमन्त्रीसहित नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने भएको हो।

नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन तयारी गरेको छ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्