Kathmandu Press

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

बैतडी, साउन ८ : पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो। पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन्।

पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ।

प्रकाशित मिति: १०:५५ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्