Kathmandu Press

वामपन्थी एकतामा नेताहरूको जोड

पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आज आयोजित कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन्।
वामपन्थी एकतामा नेताहरूको जोड

काठमाडौं, साउन ७ : वाम नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको स्मरण गर्दै विभिन्न गुटमा छरिएका कम्युनिष्ट पार्टीलाई पुनः एउटै बनाउनुपर्ने धारणा राखेका छन्।

पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आज आयोजित कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको विचार र देशमा एउटै कम्युनिष्ट पार्टी देख्न उनको भावनाअनुरूप वामपन्थी एकताका लागि आफूले पहल गर्ने बताए।

‘कम्यनिस्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेका छन्। आ–आफ्नै पाराले चलिरहेका छन् । सबैलाई एक ठाउँमा ल्याउन जरुरी छ,’ उनले भने, ‘मिल्नसक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्नुपर्छ।’

कम्युनिस्टलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालले बताए । उनले कम्युनिस्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने जनाए।

अर्का वामपन्थी नेता वामदेव गौतमले पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना र सञ्चालनका लागि गर्नुभएको मेहनत स्मरण गर्दै वाम एकताको पहल गर्ने विचार सकारात्मक भएको बताए।

उनले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एकरदुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने जनाए। उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरु मिलेर मात्रै सम्भव रहेको स्पष्ट पारे।

‘कम्युनिस्टहरुको समाजवाद प्राप्तिको निम्ति एउटा मोर्चामा आबद्ध हुनुपर्छ । जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरु(अरु मिलेर सुरु गर्नुभएको छ, राम्रो काम गर्नुभएको छ । तर दुईरतीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस् । सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ,’ उनले भने ।

अर्का वामपन्थी विश्लेषक लोककृष्ण भट्टराईले सबै कम्युनिष्ट पार्टी एकै बनाउने कामको नेतृत्व पनि नेता नेपालले नै गर्नुपर्ने बताए।

प्रकाशित मिति: २०:५३ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्