‘आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुन्छ’
नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आमजनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे।
काठमाडौं, साउन ७ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताएका छन्।
अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कर्प्रस नेपालको १६औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन संघका पदाधिकारीहरूलाई आह्वान गरे।
मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उनले बताए।
उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए
नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आमजनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे।
‘यस कार्यका लागि संस्थाको पूर्ण सहयोगको अपेक्षा गर्दछु, दौत्य राष्ट्रका नागरिकलाई नेपालमा पर्यटनका रूपमा भित्र्याउन यो संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले भने।
नेपालमा लगानीका सम्भाव्यहरू जलविद्युत्, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे।











