Kathmandu Press

प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद

प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो।
प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद

काठमाडौं, साउन ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ नेता युआन च्या च्युनबीच संवाद भएको छ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो।

संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरेका थिए। अर्चुअल संवादमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति: २०:०० बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्