Kathmandu Press

कोशी प्रदेशको रिट न्यायाधीशले ‘हेर्न नमिल्ने’

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल प्रधानको एकल इजलासले यसअघि कोसी सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न अन्तरिम आदेश दिएको थियो।
कोशी प्रदेशको रिट न्यायाधीशले ‘हेर्न नमिल्ने’

काठमाडौं, साउन ७ : कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असार २४ गते सर्वोच्चमा रिट दिएका थिए ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल प्रधानको एकल इजलासले यसअघि कोसी सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न अन्तरिम आदेश दिएको थियो।

आइतवारदेखि लागातार सुनुवाइ हुने गरी मिति तोकिए पनि न्यायाधीशले ‘हेर्न नमिल्ने’ सूचमा परेपछि सोमवारका लागि सरेको छ।

उक्त रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा पेशी तय भएको थियो। कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतम सरकार निर्माणमा सहभागी भएपछि वैधानिकताको प्रश्न उठाउँदै नेकपा (एमाले) सर्वोच्च अदालतमा पुगेको हो।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्