Kathmandu Press

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य च्युन नेपालमा

उनी नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबर अपाराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य च्युन नेपालमा

काठमाडौं, साउन ७ : चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका छन्।

युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका हुन्। युआन छोङछिङ नगर कमिटीमा सीपीसीका सचिव हुन् । सचिव उक्त सहरको पार्टी प्रमुख हुने प्रावधान छ ।

उनी नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबर अपाराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र होटल द्वारिकामा उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने छन्।

सीपीसीका नेता युआनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पूर्वप्रधानमन्त्रीहरु ओली र नेपाल मुलुक बाहिर रहे पनि उनीहरु सोमबारसम्म फर्किसक्नेछन्।

प्रकाशित मिति: १४:०५ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्