‘याे बैठकबाट कांग्रेसले २०८४ सालमा एक्लै चुनाव लड्ने र तीनै तहमा जित्ने प्रण गर्नुपर्छ’
गठबन्धनभित्र पनि बनेको अर्को गठबन्धन समाजवादी मोर्चा कसका लागि भनी उनले प्रश्न पनि गरे।
काठमाडाैं, साउन ७ : कांग्रेस नेता शेखर कोइरालाले जारी केन्द्रीय समितिको बैठकबाट २०८४ सालमा एक्लै चुनाव लड्ने र तीनै तहका चुनाव जित्ने प्रण गर्नुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समितिको आइतबार जारी बैठकमा बोल्दै उनले भने, ‘यो बैठकबाट प्रण गरौं, २०८४ मा एक्लै चुनाव लड्छौं र तीन तहका चुनाव जित्छौं।’
सरकारका बारेमा धेरै भन्नुपर्ने नरहेको बताउँदै उनले स्थानीय, प्रदेश केन्द्रका सबैको अपेक्षा बढेकाले त्यसलाई कसरी सम्हाल्ने भन्नेतिर ध्यान दिनुपर्ने उनको भनाइ थियाे। बैठक लाइभ भइरहेकाले असहज महसुस भइरहेको बताउँदै उनले भने, ‘सभापतिलाई लागेको होला नेताहरुले लोकरिझ्याइँका कुरा गरे। सँधैभरि अप्ठ्यारो छ। महामन्त्रीहरुले चिट थमाएर अन्य पार्टीका बारेमा नबोल्नु भन्नुभयो। बैठक कस्तो हुने हो? कांग्रेस मास बेस हो कि क्याडर बेस हो। छलफल गरौं। कार्यतालिका क्याडर बेसमा गयो भन्ने लाग्छ।’
प्रदेशसमेत समावेश गरेर समन्वयात्मक ढंगले जिल्लामा जानुपर्नेमा उनले जोड दिए। क्यालेन्डरमा महत्वपूर्ण नेताहरुको समृति र जन्मदिवस छुटेको पनि उनले बताए। महँगी र कालोबजारीले आक्रान्त बनेका जनताले कांग्रेस सरकारमा भएको अनुभूति गर्न सक्नुपर्ने बताए। ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो। दण्डहीनतालाई प्रश्रय दिने कानुन हामीले गरेका छौं। मलाई चिन्ता लागिरहेको छ। अहिले संसदमा मुलुकी ऐन संशोधन गर्न बनेको कानुन खारेज गरिनुपर्छ।’
गठबन्धनभित्र पनि बनेको अर्को गठबन्धन समाजवादी मोर्चा कसका लागि भनी उनले प्रश्न पनि गरे। कांग्रेसले सुशासनको नारा मात्र नदिने उल्लेख गर्दै उनले भने, ‘भ्रष्टाचारीलाई संरक्षणा गर्दैन र भ्रष्टाचारका विरुद्ध उभिन्छ भन्ने सुनिश्चित नहुने हो भने हामी जनताका घरमा जान सक्दैनौं। भुटानी शरणार्थी प्रकरणमा भावनामा बगेर कुरा गरेर हुँदैन। हामी सचेत र गम्भीर हुनुपर्छ।’ भ्रष्टाचारका विषयमा केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिने प्रण बैठक गर्नुपर्नेमा पनि उनले जोड दिए।
प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक समावेशी प्रणाली सुनिश्चित गर्न कांग्रेसले नै नेतृत्व गर्नुपर्छ। जनतासँग जोडिन सत्तालाई मात्रै केन्द्रमा राख्दा जनताबाट टाढिएको स्पष्ट पार्दै उनले भने, ‘त्यसलाई पुर्नु अहिलेको आवश्यकता हो।











