Kathmandu Press

कांग्रेसलाई जनताको दुःख सुखको साथी बनाउनु आवश्यक : चित्रलेखा यादव

कांग्रेसलाई जनताको दुःख सुखको साथी बनाउनु आवश्यक : चित्रलेखा यादव

काठमाडाैं, साउन ७ : नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले पार्टीलाई जनताको दुःख सुखको साथी बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन्। 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनले कांग्रेसले केन्द्रबाट गाउँठाउँमा अप्ठ्यारोमा परेकाका लागि फास्ट ट्याक मेकानिजम बनाउन जरुरी रहेको पनि बताइन्।

कांग्रेस केन्द्रीय समितिको आइतबार जारी बैठकमा बोल्दै उनले भनिन्, ‘अब हामीले जनतालाई पार्टीलाई जोड्नुपर्‍यो। मान्छेलाई दुःख परेको हुन्छ। तर अहिलेको आवश्यकता कांग्रेसले केन्द्रबाट गाउँठाउँमा अप्ठ्यारोमा परेकाका लागि फास्ट ट्याक मेकानिजम बनाउन जरुरी छ। जनताको दुःख सुखको साथी बन्न आवश्यकता छ। गुणस्तरिय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी कांग्रेसले गर्नै पर्छ।’

एकता नै हाम्रो बल हो भन्ने भाव पार्टीमा र हेको र त्यसलाई अविरल बगाइरहनुपर्नेमा उनले जोड दिइन्। नेताहरूको कर्म र जिम्मेवारी भनेको देशको सेवा भएको उनको भनाइ थियो। ‘हामी कर्म र जिम्मेवारी भनेको देशको सेवा हो। जनताको हितमा पार्टी माध्यम बनेर राष्ट्रको हितमा जोड्न आवश्यक छ। जब हामी एक हुन्छौं हामी सबै उत्साहित हुन्छौं। निशारा हराएर जान्छ।’ उनी पार्टी र नागरिक सबैमा परिवर्तन आउनुपर्ने बताइन्। ‘रुपान्तरण हामी भित्र मात्रै होइन। नागरिकको जीवनमा पनि ल्याउन आवश्यक छ।’ बिपीले निमुखा गरिबको भलाइमा नलागेससम्म समाज अघि बढ्न नसक्ने उनले बताइन्।

समाजका मुद्दालाई पार्टीले जबर्जस्त रुपमा अघि बढाउनु जरुरी रहेको उनले स्पष्ट पारिन्। ‘समाजका मुद्दालाई उठाउन छाडेपछि हामी डाउनफल सुरु हुन्छ। एन्टिसेप्टिक पार्टी बनाउ भनेर भनेको हुँ। ब्याक्टेरिया र इन्फेक्सन छिर्न दिन हुँदैन। पार्टीलाई एन्टिसेफ्टिक बनाउन इमोसनल अट्याचमेन्टमा जोड्न जरुरी छ। त्यो इमोसन अट्याचमेन्ट हराउँदै गएको छ। जसको फाउन्डेसनमा कांग्रेस निर्माण भएको थियो। त्यो नै हराएपछि पार्टी कहाँ पुग्छ?’ उनले भनिन्, मेरो इच्छा एउटै छ। म जन्मिएँ कांग्रेसका लागि बाँच्छु कांग्रेसका लागि र मर्छु म कांग्रेसका लागि। मेरो अस्तुले पनि कांग्रेस र देशको जय होस् भन्नेछ।’

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्