ललिता निवास प्रकरणमा नापीका पूर्वकर्मचारी पक्राउ
श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए।
काठमाडौं, साउन ७ : ललिता निवास जग्गा प्रकरणमा नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई आइतबार पक्राउ गरेको हो। श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए।
यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: १२:५४ बजे, आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











