कांग्रेसमा व्यक्ति होइन, दृष्टिकोण परिवर्तन आवश्यक छ : निधि
‘कांग्रेसभित्रै मात्र रुपान्तण होइन। वडा र टोलमा बसोबास गर्ने सबै समुदयका जीवनस्तरमा रुपानतरण कसरी ल्याउने हो । त्यो एजनेन्डामा बहस गरौं, यसले पार्टी रुपान्तरण सहजै हुन्छ।’
कठमाडौं, साउन ७ : नेपाली कांग्रेस केन्द्रिय सदस्य विमलेन्द्र निधिले पार्टीमा व्यक्ति होइन, दृष्टिकोण परिवर्तन आवश्यक भएको बताएका छन्। जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै निधिले कांग्रेसमा तदनुकुलको दृष्टिकोण परिवर्तन र त्यसको कार्यान्वनय आवश्यक भएको बताए ।
निधिले अनुहार, या पद फेर्दैमा कांग्रेसको रूपान्तरण लक्ष्य पुरा नहुने बताए। ‘अनुहार नाम पद फेर्नेले मात्र कांग्रेलाई रुपान्तण र लक्ष्यमा पुराउँदैन,’ उनले भने।
रुपान्तरणका लागि तीनै तहमा गर्नुपर्ने काम धेरै भएको बताउँदै राज्यको पुर्नसंरचना पश्चात् संघीयता लोकतान्त्रिक गणतन्त्र प्रणलीका लागि अझै काम गर्नुपर्ने र यसका लागि कांग्रेसलाई तयार पार्नुपर्ने उल्लेख गरे।
पार्टी रूपान्तरणको कुरा गरिरहँदा तल्लो तहमा बस्ने मानिसहरूको जीवनस्तर कसरी परिवर्तन हुन्छ भन्ने कुरा पार्टीको एजेन्डा हुने पर्ने निधिले बताए । उनले भने, ‘कांग्रेसभित्रै मात्र रुपान्तण होइन। वडा र टोलमा बसोबास गर्ने सबै समुदयका जीवनस्तरमा रुपानतरण कसरी ल्याउने हो । त्यो एजनेन्डामा बहस गरौं, यसले पार्टी रुपान्तरण सहजै हुन्छ।’
उनले जनतलो अझै पनि कांग्रेसमाथि भसोसा गर्ने बताए । ५ वर्षपछि रुपान्तरणका लागि गठबन्धनको प्रयोग गरेर बहुमत ल्याउने गरी काम गर्नुपर्ने र प्रदेशको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
नेता निधिले राजनीतिलाई समाजिकीकरण गर्नु अहिलेको आवश्यकता भएको बताए। ‘अहिले राजनीतिलाई समाजिकीकरण गर्नु आवशयक छ, त्यो रुपान्तरणको एजेन्डा हुनुपर्छ,’ उनले भने, ‘हामी पोलिक्टिक्सलाई प्रोफेसनलाइजेसनतर्फ लगिरहेका छौं, त्यो चुनौती हो।’ उनले जनताको काम सरकारले मात्र गर्ने हो भनेर छोड्ने हो भने राजनीतिकको समाजिकीकरण नहुने बताए।











