Kathmandu Press

धनुषाकाे सीमावर्ती क्षेत्रमा गोली हानी महिलाको हत्या

मोटरसाइकल चढेर आएका दुई अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली हानेको र उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
धनुषाकाे सीमावर्ती क्षेत्रमा गोली हानी महिलाको हत्या

धनुषा, साउन ७ : धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ।

शनिबार राति अज्ञात समूहले महिलामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। मोटरसाइकल चढेर आएका दुई अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली हानेको र उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक महिलाको पहिचान खुल्न नसके पनि उनी भारतीय नागरिक नै हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

घटना नेपाली भूमिमा भएको र हत्यापछि महिलाको शव भारतीय भूमिमा फालिएको अवस्थामा भेटिएको थियो। विहारको मधुवनी जिल्ला हर्लाखी थानाको प्रहरीले महिलाको शव लगेको प्रहरीले जनाएको छ।

महिलाको शव दशगजा पारि भारतीय भूमिमा भेटिएकाले पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेको बताइएको छ।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्