कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैं, बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने
शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सकिएको छैन । शुक्रबार ३३ जनाले बोलेका थिए। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।
काठमाडौं, साउन ७ : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सकिएको छैन । शुक्रबार ३३ जनाले बोलेका थिए। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।
जारी बैठकमा नेताहरू स्पष्ट गुटगतरूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा र राखेका थिए ।
प्रकाशित मिति: ०७:२८ बजे, आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार