Kathmandu Press

पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

राष्ट्रपति कार्यालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै खड्कालाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो।
पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं, साउन ६ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। राष्ट्रपति कार्यालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै खड्कालाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल आजै इटाली भ्रमणमा गएकाले उनको अनुपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। खड्काले प्रधानमन्त्रीको उपस्थितिमा हुने दैनिक प्रशासनिक काम सम्हाल्ने छन्।

संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका प्रधानमन्त्री दहाल साउन १२ गते स्वदेश फर्कने छन्।

प्रकाशित मिति: १८:४० बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्