Kathmandu Press

प्रधानमन्त्री इटाली प्रस्थान

सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै इटाली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री इटाली प्रस्थान

काठमाडाैं, साउन ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको खाद्यसम्बन्धी सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन्।

सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै इटाली प्रस्थान गरेका हुन्।

इटाली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अति विशिष्ठ कक्षमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगाएतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो।

श्रावण ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत सहभागी हुने तय भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्ड आगामी १२ गते स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्