Kathmandu Press

व्यक्तिवादी रोगको समयमै चिरफार नगरे कम्युनिष्ट आन्दोलन कमजोर बन्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले अहिले पनि कम्युनिष्टका शत्रु भनेको कांग्रेस हो भन्ने भ्रम सिर्जना गरेर गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिए।
व्यक्तिवादी रोगको समयमै चिरफार नगरे कम्युनिष्ट आन्दोलन कमजोर बन्छ : अध्यक्ष नेपाल

काठमाडाैं, साउन ६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण कम्युनिष्ट एकतालाई जोगाउन नसकिएको बताएका छन्।

समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष नेपालले मुलुकमा एमाले र माओवादी मिलेर नेकपा बन्नु इतिहासमा नै ठुलो उपलब्धि भए पनि पार्टीभित्र व्यक्तिवाद हाबी भएका कारण त्यसलाई जोगाउन नसकिएको बताएका हुन्।

उहाले निर्वाचन अघि र पछि पनि कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको धारणा राखे। अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र रहेको व्यक्तिवादी रोगहरुको समयमा नै चिरफार गर्न नसके कम्युनिष्ट आन्दोलन कमजोर हुँदै जाने उल्लेख गरे।

अब मुलुकको राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा माड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । अध्यक्ष नेपालले अहिले पनि कम्युनिष्टका शत्रु भनेको कांग्रेस हो भन्ने भ्रम सिर्जना गरेर गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिए।

उनले कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीसँग हातेमालो गरिरहेको उल्लेख गर्दै अहिलेको सन्दर्भमा आफ्नो शक्ति बृद्धि गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्