Kathmandu Press

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

'नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु। दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु। यो मेरो पहिलो अनुभव हो', अभिनेत्री मास्केले भनिन्।
नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

काठमाडाैं, साउन ६ : बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ। शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ। कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन्। 

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीनजना अभिनेत्रीले चित्रण गरेका छन्। सोमध्ये एक पात्रको भूमिकामा अभिनेत्री शिल्पा मास्केले निर्वाह गरेकी छन्। यो उनको पहिलो नाटक हो। अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताइन्।

Hardik ivf

'नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु। दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु। यो मेरो पहिलो अनुभव हो', अभिनेत्री मास्केले भनिन्।

नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकांक्षा कार्की, वासना तिमल्सिना, मिल्सन राई र घिमिरे युवराजलगायत कलाकारले अभिनय गरेका छन्। 

त्यस्तै थापागाउँस्थित मण्डला नाटकघरमा असार ८ देखि मञ्चन भएको मनोवैज्ञानिक (साइकोलोजिकल थ्रिलर) विधामा बनेको ‘हिउँभन्दा चिसो’ नाटक यही साउन १४ गतेसम्म मञ्चन हुनेछ। सोमनाथ खनालले निर्देशन गरेको नाटकमा कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन्। 

'चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको हुँ। आजरभोलि भन्दै पाँच वर्ष बितिसकेछ। समय मिलाएर यसपटक नाटकमा अभिनय गरेको छु', अभिनेता सापकोटाले भने। यसमा रेणु योगी, र गोविन्द सुनारको लगायतले अभिनय गरेका छन्। 

प्रकाशित मिति: १६:४४ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्